Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बेरुजु घटाउँदै प्रदेश सरकार, झण्डै ९ करोड बेरुजु फर्छ्यौट



विराटनगर । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशले चालु आर्थिक वर्षमा ८ करोड ९१ लाख रुपैयाँ बराबरको बेरुजु फर्छ्यौट गरेको छ।

कार्यालयका लेखाप्रमुख पेसल पोखरेलले कार्यालयमा जम्मा १३ करोड ६७ लाख रुपैयाँ बेरुजु रहेको जानकारी दिए। तीमध्ये ८ करोड ६१ लाख रुपैयाँ चालु वर्षमै फर्छ्यौट गरिएको उनले बताए। लगानी प्राधिकरण र प्रदेश प्रशिक्षण प्रतिष्ठान कवलगुडी झापा समेतको बेरुजु फर्छ्यौट गरिएको हो ।

पोखरेलका अनुसार प्रदेश सहयोग कार्यक्रमअन्तर्गतका दुई वर्षअघिका बेरुजु फर्छ्यौट गरिएको हो । थप ४ करोड ७ लाख रुपैयाँ बेरुजु फर्छ्यौटको प्रक्रियामा रहेको जानकारी  उनले दिए। बाँकी बेरुजु फर्छ्यौटका लागि कार्यालय सक्रिय रूपमा लागिरहेको उनले उल्लेख गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार