Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

तीन हजार ६ सय रुपैयाँले मूल्य बढ्दा सुनको मूल्यमा नयाँ कीर्तिमान



काठमाडौं । नेपालमा सुनको मूल्य नयाँ कीर्तिमानमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९बुधबार० छापावाला सुनको मूल्य तोलामा एक लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ । यो मूल्य हाल सम्मकै सबे भन्दा बढी हो ।

मंगलबार सुनको मूल्य तोलामा एक लाख ८७ हजार रुपैयाँ रहेको थियो। आजको दर अनुसार, सुनको मूल्यमा ३ हजार ६०० रुपैयाँले वृद्धि भएको हो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलाको १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ९६० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार