Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले विराटनगर अधिवेशन: समावेशी सदस्य संख्या टुंगियो, मनोनयन केहीबेरमा हुने



नेकपा एमाले विराटनगर महानगर कमिटीको अधिवेशन अन्तर्गत अब केही बेरमा मनोनयन दर्ताको प्रक्रिया सुरु हुँदैछ ।
समावेशी कोटाको सदस्य सङ्ख्या टुङ्गो लागेसँगै मनोनयनको लागि प्रक्रिया सुरु हुन लागेको हो।
समावेशी समावेशी सिटमा महिलाका लागि १४ वटा सदस्य पद छुट्याइएको छ। यसैगरी जनजातिका लागि ३ पिछडा वर्गका लागि ३ मुस्लिमका लागि दुई दलितका लागि ६ मारवाडीका लागि १ विद्यार्थीका लागि ३, युवाका लागि आठ मजदुरका लागि ३ सिट छुट्याइएको छ। हल खुला ९ रहेको छ । यसमा दुईजना महिला अनिर्वाय गरिएको छ ।

१०१ सदस्यीय समितिमा ५ जना पदाधिकारी बाहेको संख्या भुगोलको लागि छुट्याइएको छ ।

आज मनोनयन दर्ता भएपनि निर्वाचन हुने सम्भावना भने अत्यन्तै न्यून रहेको छ। हालसम्म निर्वाचनको तालिका समेत सार्वजनिक भएको छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार