विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको बैठकले दुईवटा धार्मिक स्थल विकास समितिमा अध्यक्ष नियुक्त गरेको छ।
प्रदेश सरकारले हलेसी महादेव स्थान विकास समितिको अध्यक्षमा खोटाङका डिल्लीकुमार राई र बृहत्तर बराह क्षेत्र विकास समितिको अध्यक्षमा सुनसरीका प्रकाश बस्नेतलाई नियुक्त गरिएको हो।
बैठकले पर्यटन वर्ष २०८२ लाई सफल बनाउन प्रदेश अन्तर्गतका सबै कार्यालय, संघ(संस्था, वित्तीय संस्था, विद्यालय र विश्वविद्यालयका लेटरप्याडमा पर्यटन वर्षको लोगो र नारा प्रयोग गर्न निर्देशन दिने निर्णय समेत गरेको छ।
साथै, मालपोत तथा नापी कार्यालयहरूको भौतिक संरचना सुधारका लागि २ करोड २९ लाख रुपैयाँ बजेट बाँडफाँड गर्ने निर्णय पनि गरिएको सरकारका प्रवक्ता , आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिए ।