काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ५.५७ अंक घटेर २,६७० मा झरेको छ। दिनभरको कारोबारमा नेप्से अधिकतम २,६८७ अंक पुगेपनि टिक्न सकेन। सेन्सिटिभ इन्डेक्स ०.०४ प्रतिशतले घट्यो।
यद्यपि, कारोबार रकममा वृद्धि भएको छ। अघिल्लो दिनको ४ अर्ब ४४ करोडको तुलनामा बिहीबार ५ अर्ब ६३ करोडको कारोबार भयो।
११३ कम्पनीको मूल्य बढ्दा १३१ को घट्यो। नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढ्यो। दुवै कम्पनी नयाँ सूचीकृत हुन्।
बोटलर्स नेपाल बालाजुको सबैभन्दा धेरै ४.३७ प्रतिशतले मूल्य घट्यो। धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्राक्चर र हिमालयन रिइन्स्योरेन्स अगाडि रहे।