Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

धरानको जंगलमा एक महिलाको शव फेला



धरान । सुनसरीको जंगलमा एक महिलाको शव फेला गरेको छ। धरान उपमहानगरपालिका ६ स्थित पाँचकन्या सामुदायिक वन क्षेत्रमा महिलाको शव फेला परेको हो । ती महिलाको पहिचान खुल्न सकेको छैन् ।

स्थानीयले गोठालो गएका बेला लसुनेको रुखमुनि अर्धनग्न अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको हत्या भएको हुन सक्ने प्रहरीको आशङ्का छ।

करिब ३० वर्ष जतिकी महिलाको शवको सनाखत हुन नसकेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार लिमल्सिनाले बताए । शव भेटिएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट संयुक्त टोली खटिएको थियो।

प्रहरीले शव भेटिएको स्थानमा फरेन्सिक टोलीसहित तालिम प्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान अगाडि बढाइएको छ।

शवको अवस्था र घटनास्थलको प्रारम्भिक अवलोकनका आधारमा महिलाको घाँटी कसेर हत्या गरिएको आशङ्का प्रहरीले गरेको छ। एसपी तिमल्सिनाका अनुसार हत्या पछि शवलाई लसुनेको रुखमुनि अड्याएर छाडिएको देखिएको छ।

प्रहरीले घटनाको प्रकृति अत्यन्तै गम्भीर र शङ्कास्पद रहेको जनाएको छ। प्रहरीले शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार