Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सिटीमा छुटेको झोला, नगद र मोवाइल फिर्ता



विराटनगर । विराटनगर महानगरपालिका १ भट्टाचोकबाट सिटी सफारीमा यात्रा गर्ने क्रममा हराएको झोला प्रहरीले फेला पारी सम्बन्धित धनीलाई सुरक्षित रूपमा फिर्ता गरेको छ।

झोलाभित्र नगद एक लाख रुपैयाँ र आईफोन १३ मोबाइल रहेको थियो। विराटनगर महानगरपालिका ३ बस्ने सीता खड्काले २०८१ फागुन १६ गते जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएकी थिइन्।

प्रहरीको विशेष खोजी अभियानपछि उक्त झोला विराटनगर मनपा-१ स्थित सिटी सफारी चालकको घरमा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, खोजी टोलीले झोला फेला पार्दा नीलो रंगको लेडिज ह्याण्ड ब्याग, नगद एक लाख रुपैयाँ र आईफोन १३ मोबाइल सुरक्षित अवस्थामा रहेका थिए।

प्रहरीले झोला धनी सीता खड्कालाई सम्बन्धित सामाग्री हस्तान्तरण गरेको छ। हराएको सामान सुरक्षित रूपमा फिर्ता भएपछि खड्काले जिल्ला प्रहरी कार्यालय मोरङलाई धन्यवाद व्यक्त गरेकी छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार