Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गणतन्त्रको पक्षमा एमाले मोरङ जागरण सभा



विराटनगर । राजवादीहरुको समूह सक्रिय हुन थालेपछि नेकपा एमालेले देशव्यापीरुपमा विभिन्न कार्यक्रम सुरु गरेको छ । यसै क्रममा आज मोरङको विराटनगरमा एमाले मोरङले जागरण सभाको आयोजना गरेको छ ।

जागरण सभालाई नेकपा एमालेका उपाध्यक्ष गुरु बराल, केन्द्रीय सदस्य जीवन घिमिरे, नैनकला ओझा, नेकपा एमाले मोरङकी उपसचिव उषा झालगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष बरालले राजा फेरी फर्केर आउन नसक्ने दावी गरे । राजपरिवारको खर्च र व्यवहार जहिल्यै निरंकुश रहेको भन्दै उनले त्यस बेलको नेपालको आर्थिक अवस्था र अहिलेको अवस्थाका विषयमा प्रस्ट्याएका थिए । यस्तै केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज घिमिरेले नेपाली जनता गणतन्त्रको पक्षमा रहेको दावी गरे । उनले राजपरिवारले देशको हित र स्थिरता दिन नसक्ने समेत बताए ।

कार्यक्रममा बोल्दै एमाले मोरङकी उपसचिव उषा झाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई श्रीपेच चुनाव चिन्ह लिएर २०८४ सालको निर्वाचनमा भाग लिन चुनौति दिइन् । उनले पूर्वराजासँग आफू चुनावी मैदानमा उत्रिने र पराजित गर्ने दावी गरिन् ।

कार्यक्रममा नेकपा एमालेका नेता विनोद ढकाल, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, नेकपा एमाले मोरङका अध्यक्ष अजम्बर राईलगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार