Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

हट्यो काठमाडौंको कर्फ्यु



काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यु आज बिहान ७ बजेबाट हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार अब कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु लागू रहने छैन।

राजावादी कार्यकर्ताले तोडफोड र आगजनी सुरु गरेपछि प्रशासनले शुक्रबार बेलुकी ७ बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो। तर, स्थिति तनावग्रस्त रहिरहेकाले कर्फ्यु शनिबार बिहान ७ बजेसम्म लम्ब्याइएको थियो।

अब तीनकुनेसहित प्रभावित क्षेत्रमा कर्फ्यु हटाइए पनि सुरक्षाका लागि निगरानी भने कायमै राखिएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार