Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

यातायात कार्यालय अगाडिबाट १२ जना बिचौलिया पक्राउ



विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले यातायात कार्यलय विराटनगरबाट १२ जना विचौलियालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार, हिजो साँझ ५ बजे विराटनगर महानगरपालिका वडा नं. ४ मा रहेको यातायात कार्यालय अगाडि सेवाग्राहीलाई प्रलोभनमा पारेर अनुचित लाभ लिई रहेको  सूचना पाएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा विराटनगरका सञ्जिव कोईराला, राजेश खड्का, गौरवकुमार माझी, राजु कोईराला, युवराज लम्साल,  अनिल बस्नेत, राजिव मण्डल, प्रविणकुमार थान्दार, भागवत राजवंशी, उदय कार्की, सुनिल दहाल र अजय कुमार मण्डल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी वेद प्रकाश जोशीका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार