Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रेस चौतारी अध्यक्षमा पाण्डे, को को आए कार्य समितिमा ?



विराटनगर । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत रूपमा चयन भएका छन्। आज विराटनगरमा सम्पन्न चौतारीको दशौं महाधिवेशनले पाण्डेको नेतृत्वमा ९९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

राजेश राई अध्यक्ष पदका लागि प्रबल दाबेदार भए पनि अन्तिम समयमा उनले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध अध्यक्ष बने।

उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी (महिला) चयन भएका छन्। महासचिवमा हिरामान लामा पुनः निर्वाचित भएका छन् भने उपमहासचिवमा हरिवल्लभ नेपाल चयन भएका छन्। सचिवमा विष्णु तारुके (संगठन), प्रदीप आचार्य (अर्थ), बिक्रम लुइटेल (प्रचार तथा प्रशिक्षण) र नरेश भण्डारी (विदेश) चयन भएका छन्।

प्रदेश इन्चार्जमा नुतन श्रेष्ठ (कोशी), अच्युत पौडेल (मधेस), प्रतिमा सिलवाल (बागमती), गणेश पौडेल (गण्डकी), टीकाबहादुर बस्नेत (लुम्बिनी), याम शर्मा (कर्णाली), दिलबहादुर छत्याल (सुदूरपश्चिम), हेमराज सिलवाल (उपत्यका), यसिमा महत (प्रतिष्ठान) र रघुनाथ सापकोटा (एसोसियट) चयन भएका छन्।

केन्द्रीय सदस्य खुला तर्फ भेषराज बस्नेत, श्याम भट्ट, शिव बस्नेत, सुमन ढुंगाना, अमृत गिरी, सन्दिप राई, श्यामकृष्ण दाहाल, विमल नेपाल, गणेश ज्ञवाली, दुर्गालाल केसी, गोपाल काफ्ले, श्रीहजुर सिलवाल, तारानाथ आचार्य, राजेन्द्र श्रेष्ठ, सिपी लोहिया र दिलप्रकाश गौतम चयन भएका छन्।

भूगोलतर्फ लुम्बिनीबाट दिपु पोखरेल, गणेश आचार्य, विष्णु बेल्बासे, लक्ष्मण पौडेल, सुदूरपश्चिमबाट सुशील ढुंगाना, कृष्ण ओली, विष्णुप्रसाद भण्डारी, धर्मा रोकाया, मधेसबाट रमेश तिमिल्सिना, अवधेस कामत, तुलसी भण्डारी, रिना आले, बागमतीबाट पुष्पराज अधिकारी, महेन्द्र श्रेष्ठ, नवराज बजगाईं, संगिता आचार्य, गण्डकीबाट कृष्ण थापा, गणेश गिरी, हिमालदेव पंगेनी, सिर्जना पन्त, कोशीबाट माधव विद्रोही, हिमाल दाहाल, सुमन सुस्केरा, सुभद्रा प्याकुरेल, कर्णालीबाट आकाश तारा वयक, केबी गाउँले, मालती केसी, उपत्यकाबाट पुस्कर बस्नेत, विनोद चौलागाईं, रमेश गिरी, सतीदेवी उप्रेती, प्रतिष्ठानबाट दीपक समिर, दशरथ राई, रामबाबु अधिकारी, एसोसियटबाट श्रीधर पौडेल, नृपेन्द्रलाल श्रेष्ठ र विन्दु अधिकारी चयन भएका छन्।

महिला केन्द्रीय सदस्यमा पार्वती पाण्डे, रेनु पराजुली, सावित्रा दाहाल, कालिका खड्का, सरस्वती बानियाँ, तारा चापागाईं दुवे, तारा प्रकृति नेपाल, शर्मिला सुवेदी, सरस्वती साउँद चयन भएका छन्। महिला जनजाति तर्फ अञ्जना शिल्पकार, दलित महिला तर्फ मिना विश्वकर्मा, मधेसी महिला तर्फ सुनिता महतो चयन भएका छन्।

खुल्ला आदिवासी जनजातितर्फ युनिक विफा घिसिङ, प्रविन कुलुङ राई, खुला दलिततर्फ मिलन विश्वकर्मा, खुल्ला मधेसीतर्फ धर्बेन्द्र झा, सकिल कादरी अहमद, खुला थारु तर्फ पार्वता चौधरी, पिछडिएको क्षेत्र तर्फ नन्द सिंह, अपांगता तर्फ भगिरथ भण्डारी, अल्पसंख्यक तर्फ सलिम मियाँ अन्सारी चयन भएका छन्।

एकता प्रक्रियाबाट आएका केन्द्रीय सदस्यमा शम्भुजित दाहाल, हरिप्रसाद जोशी, शशी कोइराला, रोशनी कठेत, प्रेमचन्द्र झा, प्रविन साह, रमेश सुवेदी, वख्तियार अली, शिवकुमार कासी रिजाल, ज्योति झा, विनोद लम्साल, सविन शर्मा, शेरबहादुर थापा चयन भएका छन्।

अनुशासन आयोग अध्यक्षमा समिर बलामी, उपाध्यक्षमा कृष्णहरि घिमिरे, सचिवमा संगम महत चयन भएका छन्। सदस्यमा दिपक लामा, भुवनसिंह ठकुरी, चन्द्र कार्की, राजेन्द्र ठगुन्ना, जानु पाण्डे, विष्णु पोखरेल, तेजेन्द्र भण्डारी, श्यामप्रसाद घिमिरे, देवराज सुवेदी, टोपलाल अर्याल, टिकाराम बस्याल रहेका छन्।

लेखा आयोग अध्यक्षमा अर्जुन श्रेष्ठ, उपाध्यक्षमा जीवनाथ दाहाल, सचिवमा प्रेमचन्द्र बास्तोला चयन भएका छन्। सदस्यमा रामचन्द्र नेपाल, गंगा विष्ट, श्यामप्रसाद घिमिरे, नवराज विष्ट, दिपेन्द्र रोका, रविन श्रेष्ठ, वर्षा योगी, किरण गौतम, मोहन पौडेल, विना न्यौपाने, ओमप्रकाश आचार्य, आरती ढकाल, गोकर्ण पौडेल, अफरोज अर्पण, बुद्धकुमार श्रेष्ठ रोहित रहेका छन्।

निर्वाचन आयोग अध्यक्षमा गणेश खनाल, उपाध्यक्षमा नवराज ढकाल, सचिवमा सागर पोखरेल चयन भएका छन्। सदस्यमा नविन खत्री, बिपी गौतम, कमल राना, मानवी तामाङ, नरेन्द्र दाहाल, दीपा पौडेल, कविराज बुढाथोकी क्षेत्री, जगत बाशिष्ट, सन्तोष सिग्देल, भविश्वर पाण्डे, अनुज अधिकारी, दीपा पौडेल रहेका छन्।

नीति अनुसन्धान आयोग अध्यक्षमा दीपेन्द्र श्रेष्ठ, उपाध्यक्षमा नेपोलियन चेपाङ, सचिवमा सन्तोष रुचाल चयन भएका छन्। सदस्यमा हरिश चन्द, उमाकान्त शर्मा, अमृत बास्कुने, कृष्ण अखेली, बेद भट्ट, मुक्ति न्योपाने, रिमा सोमै, दुर्गा रोकाया चयन भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार