Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रचण्डसँग सम्पर्क नहुँदा शान्तिप्रकृयाका बाँकी काम सुरु हुन पाएन : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी कामहरू सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया चाँडो टुंग्याउन प्रमुख प्रतिपक्ष दलका नेतासँग सम्पर्कको प्रयास गरिरहेको जानकारी दिए।

उनले भने, “यसमा अहिले पनि म प्रयासरत छु। विपक्षी दलका नेतासँग सम्पर्क गर्न खोजिरहेको छु तर स्वास्थ्य समस्याका कारण सम्पर्क हुन नसकेको जवाफ पाएको छु। उहाँसँग सम्पर्क हुनासाथ काम अगाडि बढाइनेछ।”

यसैबीच, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको अभियानमा बारा जिल्लामा रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार