Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा तीन दिने ढाका महोत्सव हुँदै




विराटनगर  । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले विराटनगरमा यही चैत ७ गतेदेखि तीन दिने ढाका महोत्सव आयोजना गर्न लागेको छ। जैन श्वेताम्बर तेरापंथ सभा भवनको प्राङ्गणमा हुने महोत्सव चैत ९ गतेसम्म चल्नेछ। महोत्सवमा ३० वटा स्टल रहने छ ।

ढाका उद्योगको संरक्षण र प्रवद्र्धन गर्दै महिला उद्यमीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिनुभयो । महोत्सवमा कोशी प्रदेशभरका ढाका उद्योगबाट उत्पादित कपडाको प्रदर्शनी तथा बिक्री गरिनेछ। साथै, ढाका डिजाइन, हस्तकला प्रतियोगिता र फेशन सो समेत आयोजना हुनेछ।

महोत्सवलाई कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सहकार्य गरेको छ भने उद्योग, कृषि तथा सहकारी मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय र विराटनगर महानगरपालिकाले प्रवद्र्धन गरेका छन्। उदय परियोजना सहयोगी रहेको महोत्सवको उद्घाटन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुहुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार