Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पोखरिया मावि अन्तरविद्यालय हाजिरीजवाफमा प्रथम



विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा पोखरिया माविले आयोजना गरेको महानगरस्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा आयोजक पोखरिया मावि प्रथम भएको छ।

आधारभूत तह (कक्षा ६–८) को प्रतिस्पर्धामा मदननगर आधारभूत विद्यालय द्वितीय, सत्यनारायण मावि तृतीय र बाल मावि रानी सान्त्वना स्थानमा रहे।

विजेताहरूलाई क्रमशः २१, १५, १२ र ६ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो।

प्रतियोगिताको उद्घाटन मेयर नागेश कोइरालाले गर्नुभएको थियो। कार्यक्रममा महानगरका सामाजिक विकास समितिका संयोजक, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।

दुई दिनसम्म चलेको प्रतियोगितामा महानगरका ३२ विद्यालय सहभागी भए। प्राथमिक तह (कक्षा १–५) मा ग्रिनल्याण्ड इङ्लिस स्कुल प्रथम भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार