Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रंगहरूको पर्व होली पहाडी जिल्लामा उल्लासपूर्वक मनाइँदै



विराटनगर। रंगहरूको पर्व होली आज हिमाली तथा पहाडी जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदै छ। फागु पूर्णिमाको अवसरमा सरकारले पहाडी जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन पहाडी तथा हिमाली जिल्लामा होली मनाइन्छ भने भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा यो पर्व धूमधामका साथ मनाइने परम्परा छ। असत्यमाथि सत्य, अन्यायमाथि न्याय र दुराचारमाथि सदाचारको विजयको प्रतीकका रूपमा मनाइने होलीमा पारस्परिक मेलमिलाप, सद्भाव, प्रेमभाव र आत्मीयता प्रकट गर्ने परम्परा रहेको छ।

रंगीन कपडाले सजिएको चीर ठड्याएपछि सुरू हुने होली पर्व पूर्णिमाको राति चीरदाहसँगै समापन हुन्छ। यसैबीच, प्रहरीले होली पर्वको नाममा हुने कुनै पनि उश्रृङ्खल गतिविधि नगर्न सबैमा सचेत गराउँदै नियम उल्लंघन गर्नेहरूमाथि कारबाही गरिने चेतावनी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार