Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराट गोल्डकपको उपाधि भिडन्त आज : चर्च ब्वाइज र थ्री स्टार आमनेसामने



विराटनगर । विराटनगरमा जारी ९औं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ। सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्री स्टार क्लब उपाधिका लागि आमनेसामने हुनेछन्। खेल विराटनगर सहिद मैदानमा साँझ ५ बजे हुनेछ।

चर्च ब्वाइजले सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई १–० ले हराएर फाइनल यात्रा तय गरेको थियो। लाक्पा पाख्रिनको गोल टोलीका लागि निर्णायक बनेको थियो।

थ्री स्टारले भने त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो। आर्मीविरुद्धको जितपछि आत्मविश्वास उचालिएको थ्री स्टार उपाधि उचाल्न प्रतिबद्ध छ।

चर्च ब्वाइजले यस सिजनको २४औं आहा रारा पोखरा गोल्डकपमा पुलिससँग भोगेको पराजयको बदला विराट गोल्डकपमा लिइसकेको छ। अब टोलीको लक्ष्य उपाधि जित्दै प्रतियोगिता सकाउने छ।

प्रतियोगिताको बिजेता टोलीले ११ लाख रुपैयाँ पाउनेछ । उपबिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

विराटनगरका फुटबलप्रेमीहरूका लागि आजको खेल रोमाञ्चक रहने अनुमान गरिएको छ। के चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि उचाल्नेछ वा थ्री स्टारले इतिहास दोहोर्याउनेछरु यसको टुंगो आज बेलुकी लाग्नेछ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार