Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पूर्वाञ्चल विश्वविद्यालयमा ११ दिनदेखि तालाबन्दी



विराटनगर । नेपाली विद्यार्थी संघले मोरङको गोठगाउ स्थित पुर्वान्चल विश्वविद्यालयमा लगाएको ताला अहिलेसम्म खुल्न सकेको छैन ।

विश्वविद्यालयको शिक्षक छनौट तथा पदोन्नति प्रक्रिया पुर्वान्चल विश्वविद्यालयको ३५ औ सभा बमोजिम नभएको भन्दै नेपाल विद्यार्थी सघले सेवा आयोगको कार्यालयमा ताल बन्दी गरिरहेका छन् ।

नेपाल विद्यार्थी संघले विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अंकित भटट्राईले विश्वविद्यालयको ३५औं सभाले संशोधन गरेको नियमावली अनुसार कार्यकारी परिषदले शिक्षक छनौट तथा पदोन्नति प्रक्रिया एंव कार्य प्रणााली बनाउन विज्ञ समितिले दिएको प्रतिवेदनको सुझावका लागि सेवा आयोगमा पठाएपनि पुरानै नियमावली अनुसार बनेको कार्यप्रणाली अनुसार शिक्षक छनौट तथा पदोन्नति प्रक्रिया अघि बढाएको कारण तालाबन्दी गरेको उनले बताए ।

नेवि संघले यहि फागुन १६ गतेदेखि पियुको सेवा आयोगको कार्यालयमा तालबन्दी गरेको थियो । पियुको ३५ औ सभाले नयाँ कार्य विधि अनुसार छनौट प्रक्रिया अघि बढाउने निर्णय गरेपनि सेवा आयोगले कानुनी राज्य, नियम तथा नैतिकताको घेरालााई मिचेर पाँचौ सभाले बनाएको नियमाावलीको कार्यप्रणालीको अधारमा विज्ञापन प्रकाशन गरेकाले त्यस्को विरुद्धमा नेविसंघ उत्रिएको भट्टराईको भनाई छ ।

अर्का केन्द्रिय सदस्य अभिषेक भट्राईले सेवा आयोगले पीयुको शिक्षक छनौट र पदोन्नति प्रक्रिया नियम बमोजिम कार्यान्वयन नगरेसम्म ताला नखोल्ने प्रष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित समाचार