Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रधानमन्त्रीको सम्बोधनमा विपक्षी पनि बैठकमा भाग लिने सहमति



विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दा कोशी प्रदेश सभाको आजको बैठकमा विपक्षी दलहरु सहमत भएका छन् । प्रधामन्त्री ओलीले दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकाई विषेश सम्बोधन गर्ने कार्यसूची प्रदेश सभा सचिवालयले निकालेको छ । प्रधामन्त्री ओलीले सम्बोधन गर्ने बैठकमा सहभागी नहुने नेकपा माओवादी केन्द्रसहितका प्रतिपक्षी दलले तयारी गरिरहेका थिए।

तर मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँग भेटवार्ता गरेका थिए । सो भेटपछि विपक्षीहरु सम्बोधन सुन्न तयार भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार