काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
आज सोमबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा यसबारे छलफल भएको थियो ।
पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले समय मागेकाले भोलि बस्ने बैठकमा सयम निर्धारण गरिएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । उनले समय मागेपछि भोलिका लागि समय तय भएको हो ।