Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

४३९ मत गणना हुँदा अध्यक्षमा राईको अग्रता कायमै



विराटनगर  । नेकपा एमाले मोरङको दशौं अधिवेशन अन्तर्गत भएको निर्वाचनको ४३९ मत गणना सम्पन्न भएको छ।

पछिल्लो अपडेट अनुसार , अध्यक्षमा अजम्बर राई २२५ मत सहित अग्रस्थानमा रहेका छन । यस्तै अर्का अध्यक्षका उमेदवार राजकुमार ओझाले २०२ मत पाएका छन । उपाध्यक्षमा सागर थापाले २२८ र शान्ती लिम्बूले १८६ मत पाइन । सचिवमा रविन थापाले १८० मत ल्याउँदा सोमराज थापाले २३० मत पाए ।
उपसचिवमा इर्जालाल राजवंशीले १६३ मत ल्याए भने सन्तोष वान्तवाले २३९ मत पाएका छन । यस्तै महिला उपसचिवमा उषा झाले २०८ मत पाउँदा शिल्पा कार्कीले २०४ मत ल्याएकी छिन ।

प्रतिक्रिया
सम्बन्धित समाचार