Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सौन्दर्य कला व्यवसायी संघ विराटनगर अध्यक्षमा थापा चयन



विराटनगर। सौन्दर्य कला व्यवसायी सङ्घ विराटनगर महानगर कमिटीको अध्यक्षमा सविता थापा चुनिएकी छन् । आज विराटनगरमा भएको भेलाले थापालाई अध्यक्षमा चुनेको हो।

यसअघि कमिटीको अध्यक्ष जुली प्याकुरेल जिल्ला कमिटीको सचिव भएपछि महानगर कमिटीको अध्यक्ष पद खाली थियो। त्यसैगरी संस्थाको उपाध्यक्षमा प्रतिमा न्यौपान ,सचिवमा ईशा ढकाल‌ र कोषाध्यक्षमा रजिता भट्टराई चयन भएकी छन् ।

संस्थाकी केन्द्रीय उपाध्यक्ष सन्तोषी श्रेष्ठको प्रमुख आतिथ्यमा आज भएको बैठकले थापालाई अध्यक्ष र पदाधिकारी चयन गरेको हो। यो संस्थाले सौन्दर्यकर्मीहरूको क्षेत्रमा काम गर्दै हक हित र अधिकारको काम गर्दै आएको छ।

प्रमुख अतिथि श्रेष्ठले अब संस्था राम्रो ढंगले सञ्चालन हुने र सौन्दर्यकर्मीहरूको हितमा काम गरेर अगाडि बढ्ने बताइन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार