विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगामी आर्थिक वर्ष सुरु हुनासाथ प्रज्ञा प्रतिष्ठानले काम सुरु गर्ने बताएका छन्।
यो आर्थिक वर्षभित्रमा प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन संशोधन गरिसक्ने र कानुन, नियमावली, कार्यविधि सबै काम सकेर प्रज्ञा प्रतिष्ठान सुरु गर्ने उनले बताएका छन्। मोरङको बेलबारीमा आयोजित ललितकला प्रदर्शनी कार्यक्रममा बोल्दै उनले आगामी बजेटमा प्रज्ञा प्रतिष्ठानलाई बजेट समेत दिइने बताएका छन्।
प्रज्ञा प्रतिष्ठान बनाउन केही ढिलाइ भएको भन्दै उनले आउँदो वर्षबाट सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राजनीतिक अस्थिरताले प्रतिष्ठान निर्माणको काम रोकिएको उनले प्रस्ट्याए ।
प्रदेश सरकारले कलाकर्मीलाई बाँच्ने अवस्था सिर्जना गर्ने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले कलाकर्मीहरूलाई कोशी प्रदेश पर्यटन वर्ष २०८२ को प्रचार(प्रसारमा समेत सहयोग गर्न आग्रह गरेका छन्।