Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एकताबद्ध भएर अघि बढ्न मुख्यमन्त्री कार्कीको आह्वान



विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शेर्पा समुदायले आफ्नो मेहनत, साहस र सीपमार्फत नेपालको नाम विश्वभर चिनाउन खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

आज ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको यो पर्वले आपसी सद्भाव, भाइचारा र एकताको भावना वृद्धि गर्दै नेपाली समाजलाई समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिल्ने बताएका छन्।

नेपाल बहुजातीय, बहुभाषी र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले यो विशेषताले नेपालीहरूलाई सदियौंदेखि एकआपसमा सहकार्य, समन्वय र बन्धुत्वको मार्गमा हिँड्न सहयोग पुर्याएको बताए।

यो पर्वले नेपालीहरूबीचको एकता र मित्रताको भावना थप प्रगाढ बनाउँदै सामाजिक तथा आर्थिक विकासमा योगदान पुग्ने विश्वास मुख्यमन्त्री कार्कीले व्यक्त गरेका छन्।

फागुन शुक्लपक्ष प्रतिपदाका दिन मनाइने यो पर्व हाम्रो समृद्ध सांस्कृतिक विविधता र पहिचानको सुन्दर प्रतीक भएको उल्लेख गर्दै उनले शुभकामना सन्देशमार्फत सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार