Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पुरुष कबडीको उपाधि मोरङलाई



विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ को दोस्रो दिन प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगिताको उपाधि मोरङ जिल्लाको टोलीले हात पारेको छ ।

आज विराटनगर स्थित दिल्ली पब्लिक स्कूलको मैदानमा झापा जिल्ला टोलीलाई पराजित गर्दै मोरङले उपाधि हात पारेको हो ।

मोरङले झापाको २० अंक विरुद्ध ३१ अंक हासिल गर्दै प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पारेको हो। कोशी प्रदेशका १३ टिमको सहभागिता रहेको प्रतियोगितामा मोरङले उपाधि सँगै ट्रफी , मेडल र १ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको झापाले ट्रफी , मेडल र ५० हजार नगद पुरस्कारमा चित्त बुझाएको छ। यस्तै प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा झापा , मोरङ ,सुनसरी र धनकुटाको जिल्ला टोली विजयी भएको छ।

आज दिल्ली पब्लिक स्कूलको मैदानमा सम्पन्न प्रथम खेलमा झापाले तेह्रथुमलाई ६ – ० गोल अन्तरले पराजित गर्यो । दोस्रो खेलमा मोरङले खोटाङलाई १ विरुद्ध ० गोल अन्तरले पराजित गर्यो । तेश्रो खेलमा सुनसरीले सोलुखुम्बुलाई ३ – ० गोलले पराजित गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार