Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्काउट मास्टर तालिम सम्पन्न



विराटनगर । विराटनगर महानगर स्थानीय स्काउटले आयोजना गरको स्काउट मास्टर तालिम आज सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा ६ दिने आवासीय तालिममा विराटनगरका विभिन्न विद्यालयका ४८ जना शिक्षक शिक्षिकको सहभागिता रहेको थियो ।

तालिममा पुरुषहरुतर्फ स्काउटका राष्ट्रिय प्रशिक्षक नवलप्रसाद उपाध्याय र महिलातर्फ सहायक राष्ट्रिय प्रशिक्षक शिवानी देवान कोर्ष लिडर रहेका थिए । तालिम समापनको अवसरमा दीक्षित स्काउट मास्टरहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, विराटनगर महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष राम पोखरेल, राष्ट्रिय प्रशिक्षक उपाध्याय लगायतले शुभकामना व्यक्त गरेका थिए ।

विद्यालय तहसम्म स्काउटलाई पुर्याउनका लागि तालिमको अयोजना गरिएको विराटनगर महानगर स्थानीय स्काउटका प्रमुख आयुक्त नवीन पहाडीले बताए । हरेक विद्यालयसम्म स्काउटलाई पुर्याउने महानगरको अभियान रहेको भन्दै उनले तालिमबाट दीक्षित भएका शिक्षक शिक्षिकाहरुले नै विद्यालयमा स्काउट सञ्चालन गर्ने जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार