Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भ्रष्टाचारीलाई संरक्षण गर्न यो सरकार बन्यो : प्रचण्ड



विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारीलाई संरक्षण गर्न यो सरकार बनेको आरोप लगाएका छन् । माओवादी सरकार भ्रष्टाचारीले ढालेको भन्दै उनले स्थिरताको लागि आगामी चुनावमा माओवादीले जित्न आवश्यक रहेको बताए ।

तराई मधेश जागरण अभियानका क्रममा पूर्वमा आएपछि हौसिएका पुष्पकमल दाहाल प्रचण्डले अगामी चुनावमा माओवादी केन्द्रलाई एक नम्बर पार्टी बनाउने लक्ष्य रहेको सुनाए ।

हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियानका क्रममा आज विराटनगरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले आफ्नो सरकारले भ्रष्टाचारीलाई कारबाहीमा ल्याउने अभियान चलाएपछि उनीहरुलाई संरक्षण गर्न कांग्रेस एमाले गठबन्धनको सरकार बनेको दाबी गर्दै चुनाव पछि ठुलो पार्टी बनाएर भ्रष्टाचारीलाई तह लगाउने बताए ।

उनले आफ्नो सरकारले सुरु गरेको त्यही सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई राष्ट्रव्यापी रुपमा जनताको बीचमा लैजान जागरण अभियान सुरु गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार