विराटनगर । अपराध अनुसन्धानलाई थप प्रभावकारी वनाउने उदेश्यले विराटनगरमा प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठि आयोजना गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा भएको एक दिने गोष्ठीमा कोशी प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुख, प्रहरी अनुसन्धान अधिकृत, मुद्धा शाखाका प्रमुख तथा सरकारी वकिल कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
गोष्ठिको उद्घाटन गर्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले समित साधन श्रोतका बाबजुद अपराध अनुसन्धानमा नेपाल प्रहरीले खेलेको भुमिका सराहनीय रहको बताए । अपराध अनुसन्धान आफँैमा ठुलो र महत्वपुर्ण विधा भएकाले यो विधा फेल हुदाँ राज्य प्रणाली नै फेल हुने भएकाले अपराध अनुसन्धान ठिक तवरले हुनु आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख एंवप्रहरी नायव महानिरिक्षक राजन अधिकारीले अपराध अनुसन्धालाई प्रभावकारी बनाउन गोष्ठिको आयोजना गरिएको प्रष्ट पारे ।