काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य तोलाको एक लाख ७० हजार ८०० रुपैयाँ कायम छ । हिजो छापावाल सुन प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।