Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

हलेसी बजारमा आगालागी, तीन घर जले



विराटनगर । त्रिधार्मिकस्थल हलेसी बजारमा गएराति आगलागी भएको छ । हिजो साँझबाट सुरु भएको आगो राति ११ बजे नियन्त्रणमा लिइएको थियो ।

हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डर लिक भएर साँझ ६ बजेतिर सुरू भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११ः ०० बजे नियन्त्रणमा आएको हो ।

आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल नष्ट भएको स्थानीयवासीले बताएका छन् ।

सुख्खाग्रस्त क्षेत्रका कारण आगो निभाउन पानी अभाव भएको इलाका प्रहरी कार्यालय हलेसीका इन्स्पेक्टर हेमन्त राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार