Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जिल्ला प्रहरी कार्यालय झापामा सई मृत फेला



झापा । झापामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन् । भोजपुर टेम्केमैयुङ गाउँपालिका घर भइ मोरङ कानेपोखरी गाउँपालिका ७ बस्दै आएका ४९ वर्षीय धनराज खतिवडा मृत अवस्थामा फेला परेका हुन् ।

झापा भद्रपुर नगरपालिका ८ मा रहेको जिल्ला प्रहरी कार्यालय झापाको तीन तले ब्यारेकको माथिल्लो तलामा उनी मृत फेला परेको निमित्त सूचना अधिकारी विजय चौहानले बताए । माथिल्लो तलाको पानी ट्यांकी जाने फलामको भर्‍याङमा खतिवडा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

घटना आज बिहान भएको र यो विषयमा परिवारलाई जनाकारी गराइएको झापा प्रहरीले जनाएको छ । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार