Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बालबिबाह रोक्न सुरक्षा निकाय चनाखो हुनु पर्छ : मुख्यमन्त्री कार्की



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल विवाह सामाजिक समस्या र कानूनी अपराध भएको बताएका छन् । मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज ‘बालविवाह विरुद्ध प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै उनले बाल विवाहबाट उनीहरुको मानसिक एवं शारीरिक स्वास्थ्यमा गम्भीर असरपर्ने भएकोले यसको नियन्त्रणमा सबै जिम्मेवारपूर्वक लाग्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार बाल विवाहको अन्त्य एवं नियन्त्रण गर्न अभियानको रुपमा नीति तथा कानूनी प्रवन्ध गरी अगाडि वढेको जानकारी दिए ।

उनले प्रदेशमा बाल विवाह अन्त्यका लागि काम गरिएको जानकारी दिँदै कतिपय दुर्गम स्थानमा समस्या विद्यमान रुपमा देखिएकोले यसको नियन्त्रण गर्न सुरक्षा निकाय एवं समाज चनाखो हुनु पर्ने आवश्यक्ता रहेको बताए ।
हस्ताक्षर कार्यक्रममा प्रदेश सरकारका मन्त्री सरकारका मन्त्री प्रमुख सचिव, सचिव एवं सामाजिक अभियन्ता र विद्यालयका बालबालिकाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार