Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दुर्घटना न्यूनिकरण गर्न योजना बनाउँदै प्रदेश सरकार



इटहरी । सडक दुर्घटना न्युनिकरण तथा सार्वजनिक यातायातलाई सुधारका लागि कोशी प्रदेश सरकारले निर्माण गर्ने योजना अन्तिम चरणमा पुगेको कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले बताएकाछन् ।

कोशी प्रदेश प्रहरी कार्यालयले कामको अन्तिम तयारी गरिरहेको र त्यसमा यातायात मजदुर तथा व्यवसायीहरु र सरोकारवालाहरुसंग छलफल गरेर कार्यान्वयन गरिने मन्त्री भण्डारीले बताए ।

इटहरीमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले सुरु गरेको सडक सुरक्षा सचेता जागरण अभियानको आज उद्घाटन गर्दै मन्त्री भण्डारीले सडक दुर्घटना न्युनिकरण सबैको साझा विषय भएको बताउदै मजदुर संगठनहरुले अभियान शुभारम्भ गरेकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा सडक दुर्घटनाको वर्तमान चित्र सहितको सडक सुरक्षा, चासो र हाम्रो भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले कोशी प्रदेशभरी सञ्चालन गरिने सडक सुरक्षा सचेतना प्रशिक्षण कार्यक्रमको योजना प्रस्तुत गरेका थिए ।

अभियानमा दुइवटै संगठनका प्रदेश कमिटी र मातहत जिल्ला, पालिका र इकाई कमिटीहरुले प्रत्येक महिना दुइवटा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरिने योजना निर्माण गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार