विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई आर्थिक सम्वृद्धिको क्षेत्र बनाउने अभियानमा प्रदेश सरकार रहेको बताएका छन ।
आज झापाको विर्तामोडमा गायत्री माता मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संघीय सरकार र स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा प्रदेश सरकारले प्रदेशलाई आर्थिक सम्वृद्धिको क्षेत्र बनाउन लागेको बताए । उनले संघीयता आएपछिको छोटो समयमा नै प्रदेश सरकारले सकरात्मउन्मुख पाइलाहरु अघि बढाएको बताए ।
यद्यपी राजनीतिक अस्थिरताको कारण सोचेसस्तो उपलब्धि भने हासिल हुन नसकेको बताए । उनले प्रदेशलाई सम्वृद्ध बनाउन लागनी सम्मेलन गर्ने, कानुन बनाउनेलगायतका काम गर्दै सरकारले लगानीको आधार तयार गर्दै आएको बताए ।
राजनीतिक स्थायीत्व प्राप्त गर्न भने अझै कठिन रहेको र कानुनको कार्यान्वनयमा समस्या हुँदा समेत गतिमा केही ढिलो भएको उनले बताए । तर समस्याकै हुँदाहुँदै पनि तीन वटै सरकारबीचको समन्वयमा कोशी प्रदेश पर्यटन वर्ष २०८२, चिया सम्मेलन र आर्थिक सम्मेलन गर्दै प्रदेशको सम्वृद्धिको आधार तयार पार्ने काममा सरकार लागि परेको उनको भनाइ छ ।
आज नै मुख्यमन्त्री कार्कीले झापाको गौरादहमा निर्माण भएको दुर्गा मन्दिर र गौरीगञ्जमा पनि दुर्गामन्दिरको उद्घाटन र मुर्तिहरुको प्राणप्रतिष्ठा गरे ।