Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश सरकारहरुले माग गरेका कानुनहरु चाँडै बन्छ : सभामुख घिमिरे



विराटनगर । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रदेश सरकारहरुले माग गरेका कानुनहरु चाँडै बन्ने बताएका छन् ।

आज विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा उनले प्रदेश सरकारहरुले माग गरेका कानुनहरु छिटै निर्माण गर्ने तयारीमा रहेको उनले जानकारी दिए । सभामुख घिमिरेले संसद नभएका समयमा ल्याइएका अध्यादेशहरु संसदमा पेस भएर छलफल हुने बताए । अध्यादेश ल्याउनु गलत नभएको उनको धारणा छ ।

सभामुख घिमिरेले विधेयकहरु लामो समय सम्म पारित नहुँदा आलोचना हुने गरेकाले अवधि तोकेर पारित गर्नेबारे छलफल भईरहेको जानकारी दिए । उनले संसदीय समितिमा १४ वटा विधेयक अहिले छलफलमा रहेको बताए । संसद क्यालेन्डर अनुसार सञ्चालन भइरहेको उनले दाबी गरे । अधिवेशन भरिकै क्यालेन्डर बनाउने योजना रहेको समेत सभामुख घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार