विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एकता, सम्बाद र सहकार्यबाट नै प्राप्त उपलब्धिलाई संस्थागत गर्न सकिने बताएका छन् । आज सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले सहिदहरूको बलिदानले प्राप्त उपलब्धिलाई संस्थागत गर्न सबै पक्षले हातेमालो गर्नु पर्नेमा जोड दिए । सहिदहरुलाई चिरस्मरणीय बनाउने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले सबै आन्दोलनमा सहिद प्रती श्रद्धासुमन अर्पण गरे ।
मुख्यमन्त्री कार्कीले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको बलिदान स्मरण गर्दै भने, उहाँहरूले देखाएको मार्गमा हिँड्दै प्राप्त उपलब्धिहरूको रक्षा गर्नुपर्छ। समृद्ध, स्वतन्त्र र न्यायपूर्ण समाज निर्माण नै सहिदहरूप्रति सच्चा सम्मान हुनेछ।
सन्देशमा सहिदहरूको योगदानको स्मरण गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सबै क्षेत्रको सहभागिता आवश्यक रहेको उल्लेख गरिएको छ। मुख्यमन्त्री कार्कीले सहिदहरूप्रति सम्मान प्रकट गर्दै एकता, सद्भाव, संवाद र सहकार्यबाट मात्र राष्ट्रलाई समृद्ध बनाउने लक्ष्य हासिल गर्न सकिने उल्लेख गरे।