Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राष्ट्रिय राजनीतिमै छु : पूर्वराष्ट्रपति भण्डारी



विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रिय राजनीतिमा नै रहेको प्रस्ट्याएकी छिन् । पार्टीको राजनीतिमा सक्रिय हुने समय भने आइनसकेको उनले बताइन् ।

आज (सोमबार) विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा चासो राख्ने व्यक्तिहरूले आफ्नो राजनीतिक सक्रियताबारे छलफल गरेपनि आफू त्यो चरणमा प्रवेश नगरेको बताइन्। तर नेकपा एमालेको राजनीतिबाटै अघि बढेर राष्ट्रपतिसम्म भएको भन्दै उनले नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्कने संकेत भने गरेकी छन्।

‘म नेकपा (एमाले) बाट जन्मेर, हुर्केर यो ठाउँमा पुग्नाले अब जाँदा त्यहीँ नै कुरा हुन्छ। त्योचाहिँ छलफलको चरणमा प्रवेश गरेको छैन’ भन्दै उनले अहिले नै त्यो बेला भने नभइसकेको बताइन् । ‘देशको राष्ट्रियता, स्थायित्व र प्रगतिमा हामीले चासो राख्नुपर्छ। त्यसमा मेरो गहिरो चासो छ,’ उनले भनिन्। महिला नेतृ तथा समाजिक क्षेत्रका अग्रजलगायतसँग चरणबद्धरुपमा पूर्वराष्ट्रपति भण्डारी दिनभर भेटघाट गरेकी थिइन् । त्यहीबीच केही समय पत्रकारहरुसँग छलफल गरेकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार