Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

हात्ती आतंक नियन्त्रणको लागि काम गर्न सांसद बस्नेतको आग्रह



विराटनगर । कोशी प्रदेशमा भइरहेको हात्ती आतंक नियन्त्रण गर्न आज पनि कोशी प्रदेश सभामा सांसदहरुले माग गरेका छन् ।

आज प्रदेश सभाको शुन्य समयमा बोल्दै हात्ती आतंक नियन्त्रण गर्न प्रभावकारी काम गर्न सरकारसँग माग गरे । उनले पटक पटक सभामा चर्चा भएपनि यो विषयलाई महत्व नदिएको भन्दै उनले संघीय सरकारसँग समन्वय गर्दै प्रभावकारी काम सुरु गर्न आग्रह गरे ।

उनले गएराति धरान उपमहानगरपालिका ६ पानबारीमा तुलाराम राई र सेतुमान बिकको घर भत्काएको, घरमा रहेको अन्नपात नष्ट गरेको बताए । हात्तीपीडितहरुलाई तत्काल राहत दिन समेत उनले माग गरे । धरानको पानबारीमा गएराति धनबहादुर,कुलबाहादुर पौडेलको उखु तथा सुपारी बारीमा हात्तिले क्षति गरेको थियो ।
सांसद बस्नेतले कोशी राजमार्गको धरान खण्ड नबनेको भन्दै त्यसमा समेत पहल गर्न माग गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार