काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्ने गरी प्रणाली बनाउने जानकारी दिएका छन् । यसका लागि सरकारले तयारी गरिरहेको उनको भनाइ छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै उनले अहिलेको समय सूचना र प्रविधिको समय भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आपूm प्रस्ट रहेको बताए। फरक प्रसंगमा प्रधानमन्त्री ओलीले संविधान जारी भएपछि भएको पाँच महिनासम्म भारतले गरेको नाकाबन्दीलाई स्मरण गर्दै नेपाली समाज पानीबाट निकालेको माछा जस्तो उल्लेख गरे ।
नेपालको हितमा गेम चेन्जर खालको कुराहरु, कामहरु अगाडि बढाउन थालेको हुनाले त्यो एउटा भयावह स्थिति जस्तो धेरैलाई लाग्यो र सरकार ढालेको उनको भनाइ छ । तर त्यसैबेलादेखि नै आफूले देशलाई डिजिटल युगमा प्रवेश गराउने अवधारणा अनुसार काम थालेको बताए ।