विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले चिया उद्योग प्रर्वद्धन गर्न प्रदेश सरकारले ध्यान दिनु पर्ने बताएका छन् ।
आज कोशी प्रदेश सभाको छैठौँ अधिवेशन बैठकमा बोल्दै नेता थापाले चिया उद्योगको प्रर्वद्धन गर्ने गरी प्रदेश सरकारले नीति नियम बनाउनु पर्ने धारणा राखे । उनले प्रदेशमा मजदुरहरुको सुरक्षाका लागि अनिवार्य रुपमा समाजिक सुरक्षा कोष लागू गर्नु पर्ने बताए ।
उनले भने – ‘हामीले मजदुरहरुको लागि पनि सोच्नु पर्छ प्रदेश सरकारले यसको नेतृत्व लिनु पर्छ र सामाजिक सुरक्षा कोषमा मजदुरहरुलाई लैजाने व्यवस्था गर्नु पर्छ । नेता थापाले प्रदेश सरकारले दीर्घ रोगीलाई दिएको राहत सदुपयोग नभएको र सरकारको बदनाम भएको बताए ।’
उनले राहत रकमले घर खर्च चलाइरहेको अवस्था त्यो रोगको उपचारमै खर्च हुने गरीको व्यवस्था गर्नु पर्ने बताए ।