झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाजका अगुवा संस्थाहरुले लागूऔषध विरुद्धको अभियानलाई प्राथमिकतामा राख्नु पर्ने बताएका छन् ।
आज झापाको गौरादहमा चिन्ड्रेन्स पार्कको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले लागू पदार्थको दुव्र्यवसनी बढ्दो रहेको हुँदा यो समाजका लागि अभिसापको रुपमा देखिएको बताए ।
दुव्यसनीले युवा पुस्ता बढी प्रभावित भएको हुँदा लायन्स जस्ता संस्थाहरुले यसको नियन्त्रण गर्न अगुवाई गर्नु पर्ने उनले बताए । तथ्यांकहरुले झापा जिल्ला लागू पदार्थ दुर्व्यसनी भएको प्रमुख जिल्लाको रुपमा देखाएको भन्दै उनले दुर्व्यसनी घटाउन युवाहरुको सक्रियता बढ्नु पर्ने बताए ।
जेसिज, लायन्स जस्ता क्लबहरुले गर्ने अभियानमा प्रदेश सरकारले समेत हातेमालो गर्ने उनले बताए । प्रदेश सरकारको सहयोगमा लायन्स क्लब गौरादहले चिल्ड्रेन्स पार्क झण्डै ८० लाखको लागतमा निर्माण गरेको हो ।