काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्नका लागि अध्यादेश ल्याएको प्रस्टीकरण दिएका छन् ।
सरकारले जारी गरेको अध्यादेश अबको १५ २० दिनमा संसद्मा पेश भएर दुई महिनाभित्र कानुनको रुप पनि लिइसक्ने प्रधानमन्त्री ओलीले दाबी गरे ।
शुक्रबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को २५औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई महिनासम्म देशका कामहरू रोक्न नहुने जिकिर गरे ।
अध्यादेशको कतिपयले त्यसको विरोध गर्न खोजिरहेको भन्दै प्रधानमन्त्री ओलीले संसद् बैठक सुरु भएको पहिलो दिन नै पेश गर्ने बताए । एउटा देशका लागि दुई महिनाको समय धेरै नै महत्त्वपूर्ण रहेको बताउँदै उनले विकासको काम अघि बढाउने र जनताको सेवा गर्ने व्यवसायमैत्री सकारात्मक कानुनहरूको निर्माण अहिलेको अवश्यकता रहेको बताए ।