Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गैंडाको आक्रमण परी १ जनाको मृत्यु, ३ जना घाइते



चितवन । चितवनको माडीमा भैंसी चराउन गएका चार जनालाई गैंडाले आक्रमण गरेको छ । माडी नगरपालिका ३ मा भैंसी चराउन गएका स्थानीय छविलाल बोटसहित चारजनालाई आक्रमण गरेको हो । आक्रमणमा परी गम्भीर घाइते भएका बोटको घटनास्थलमै मृत्यु भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार गैंडाको आक्रमणमा पर्ने अन्य तीन जनामा माडी ३ का ५० वर्षीय हेमराज महतो, ६८ वर्षीय कृष्ण महतो र ४५ वर्षीय राजु बोट रहेका छन् ।

उनीहरुमध्ये हेमराज महतो र राजु बोटको शरीरमा चोटपटक लागेको छ । उनीहरुलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याइएको छ । राजु बोटको अवस्था सामान्य भएकाले उनलाई भने घर पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार