Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

माघे संक्रान्ती पर्वले सांस्कृतिक एकतालाई वृद्धि गर्छ : मुख्यमन्त्री कार्की



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माघे संक्रान्ती र माघी पर्वले मेलमिलाप र सद्भाव वृद्धि गरी सामाजिक र संस्कृतिक एकतालाई बलियो बनाउने बताएका छन् ।

आज माघे संक्रान्ती एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बहुजातीय, बहुधार्मिक र विविधतायुक्त समाजलाई एकतामा बाध्ने बताए । उनले भने – ‘तराई हिमाल, पहाड र तराई सबै भूगोलमा बस्ने जातजातिबिच एकता बढाउँदै यो पर्वले सम्वृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आंकाक्षा पूरा गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु ।’

कोशी प्रदेश सरकार सबै धर्म संस्कृति र पहिचानको सम्मान गर्दै संरक्षण गर्न प्रतिबद्ध भएको उहाँले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । माघे संक्रान्तीकै दिन पर्ने माघी पर्वले हाम्रो संस्कृतिलाइ सम्वृद्ध बनाएको समेत शुभकामना सन्देशमा उनले बताए । मुख्यमन्त्री कार्कीले मौलिक परम्पराको संरक्षण गर्दै हाम्रो संस्कृति, भाषा र संस्कृतिलाई बलियो बनाउनु पर्ने आवश्यक्ता समेत औँल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार