Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा सिटी स्क्यान सेवा सुरु



विराटनगर । मोरङ जिल्लाको उर्लाबारी ३ मंगलबारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा सिटी स्क्यान सेवा सुरु गरिएको छ ।

आज एक कार्यक्रमका बिच कोशी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले सिटी स्क्यान सेवाको उद्घाटन गरेका छन् ।

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर कोशी प्रदेश सरकारले सञ्चालन गरेको सबैभन्दा ठूलो अस्पताल हो । यो अस्पातलको भौतिक विकासको लागि प्रदेश सरकारले ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बहुवर्षीय योजना अन्र्तगत अस्पताल भवन निर्माणका लागि प्रदेश सरकारले यो वर्ष ९ करोड रुपैयाँ विनियोजन गरेको छ । बहुवर्षीय योजनाका रुपमा काम गर्ने गरी आर्थिक मामिला मन्त्रालयबाट स्रोत सुनिश्चित गराएर सुविधासम्पन्न भवन निर्माणको प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार