Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रवि फेरी पुगे थुनामा, थुनछेक बहस भएन



काठमाडौं । थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले हिरासतमा पठाइएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासमा आज (आइतबार) बयान सकिएपछि थुनछेक बहसका लागि जिल्ला सरकारी वकिललाई खबर गरिएको थियो । तर, सरकारी वकिलहरू ढिला गरी अदालत पुगेपछि बहस सुरु हुन पाएन ।

थुनछेक बहस सुरु हुन नसकेपछि लामिछानेलाई हिरासतमा राख्ने आदेश भएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले बताए ।

उनीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं अदालतमा मुद्दा दर्ता गरिएको छ । स्वर्णलक्ष्मी सरकारीको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ ।

गएको बिहीबार लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । धरौटी रकम बुझाएर उनी बिहीबार नै थुनामुक्त भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार