Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर बरगाछीको होटलबाट दुई बोरा गाँजा बरामद



विराटनगर । विराटनगरको एक होटलबाट प्रहरीले दुई बोरामा लुकाएको ५२ किलो गाँजा बरामद गरेको छ ।

विराटनगर ३ बरगाछी चोक नजिकै रहेको दियालो होटल भएको घरबाट प्रहरीले गाँजा बरामद गरेको हो । होटल सञ्चालक रबिनप्रसाद कार्कीले होटल भएको घरमा अबैध गाँजा राखेको भन्ने सुचनाका आधारमा प्रहरीले छापा मारेको थियो । सोही क्रममा प्रहरीले दुई बोरा गाँजा बरामद गरेको हो ।

घरको कम्पाउण्डमा रहेको पराल भित्र दुईवटा प्लाष्टिकको बोरामा राखेको गाँजाको तौल ५२ किलो रहेको छ ।

इलाम फाकफोकथुम ९ एकतप्पा घर भई विराटनगरमा होटल सञ्चालन गर्दै आएका कार्की भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार