Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राष्ट्रिय एकताको लागि काम गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राष्ट्रिय एकता, देशको विकास र समृद्धिको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज नेपाल एकीकरणका नायक राजा पृथ्वीनारायण शाहको ३०३औं जन्म जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले शुभकामना व्यक्त गर्दै नेपाल एकीकरणका नायक पृथ्वीनारायणप्रति श्रद्धा सुमन प्रकट गरे । सामाजिक सञ्जालमा शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले राष्ट्रिय एकता दिवसको पावन अवसरमा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय एकता , देशको विकास र समृद्धिको निम्ति सदैव समर्पित हुने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार