काठमाडौं । आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
वि.सं.१७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण वि.सं.१७९९ चैत २५ गते राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।
पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न सफल भए ।
पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।
पृथ्वीनारायण शाहले वि.सं.१८०१ मा नुवाकोट र २५ वर्षपछि १८२६ सालमा काठमाण्डौ उपत्यका विजय गर्न सफल भएका थिए ।
राष्ट्र एकीकरणका नायक राजा पृथ्वीनारायणको दिव्यउपदेश आजपर्यन्त स्मरणीय छ।