Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मुख्यमन्त्री कार्की र प्रदेश प्रमुखबीच भेटवार्ता



विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच भेटवार्ता भएको छ ।

सरकारको गतिविधि र काम कारवाहीको विषयमा नियमित जानकारी गराउनका लागि मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङको निवास पुगेर भेटवार्ता गरेका हुन् । भेटमा लगानी सम्मेलन, चिया सम्मेलन र पर्यटन वर्ष २०८२ का विषयमा कुराकानी भएको छ ।

विकास निर्माणका गतिविधि, सरकारले गरिरहेको काम र सुशासनका विषयमा पनि छलफल भएको थियो । मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई आगामी प्रदेश सभाको अधिवेशन र अधिवेशनको तयारीको विषयमा समेत जानकारी गराएका हुन् ।

प्रदेशको विकास र सम्वृद्धिको लागि प्रदेश सरकारले प्राथमिकता दिएको लगानी सम्मेलन, चिया सम्मेलन र पर्यटन वर्षको तयारीका विषयमा प्रदेश प्रमुख खापुङलाई मुख्यमन्त्रीले जानकारी गराए ।

प्रदेश सरकारले बैशाख लागनी सम्मेलन, जेठमा चिया सम्मेलन र २०८२ साललाई पर्यटन वर्षको रुपमा मनाउने गरी तयारी गरिरहेको छ । मुख्यमन्त्री र प्रदेश प्रमुखबीच प्रदेशको समसामयिक अवस्था र विकास निर्माणको विषयमा छलफल गर्ने परम्परा रहेको आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार