Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

काठमाडौं जिल्ला अदालतमा हाजिर भएनन रवि



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित नहुने भएका छन् । हिजो बिहीबार कास्की जिल्ला अदालतको आदेशपछि थुनामुक्त भएका लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आउँदै छन् ।

पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार लामिछाने बिहान १० बजे नै स्थलमार्ग हुँदै पोखराबाट हिंडेका थिए । रविलाई आफैं अदालतमा उपस्थित हुने शर्तमा प्रहरीले परिवारको जिम्मा लगाएको थियो । यद्यपि उनी आइतबारमात्रै अदालत उपस्थित हुने सो पार्टीका सह–कोषाध्यक्ष दीपक बोहोराले जानकारी गराए ।

‘सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै ८ः३० मा नै काठमाडौँ जिल्ला अदालतमा हाजिर हुने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार